ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

कृषक हाट बजार एप सञ्चालनमा

२०७७ चैत, २२  
बजार
Image Not Found
author avatar अभियान संवाददाता

चैत २२, काठमाडौं । कृषकले उत्पादन गरेको सामान (कृषि उत्पादन) खरीदविक्री गर्ने अनलाइन मोबाइल एप हाट बजार सञ्चालनमा ल्याइएको छ । 

देशको अर्बौ रुपैयाँ कृषि जन्य आयतमा बाहिरिएको र यहाँको उत्पादनले यथोचित बजार नपाएको अवस्थालाई केही भए पनि सुधार गर्न हात हातमा हुने मोबाइलबाट निःशुल्क रूपमा क्रेता र विक्रेतालाई जोड्न ट्राभहिल डट कम प्रालिले उक्त मोबाइल एप सञ्चालनमा ल्याएको हो । 

यस हाट बजार एपमा किसान तथा विक्रेताले आफ्नो सामानको मूल्य आफै तोकी त्यसको विवरणहरू जस्तै फोटो, मूल्य, स्थान, सामानको गुणहरू, डेलिभरी सुविधा आदि खुलाई एपमा प्रचार गर्न सक्छन् यसरी किसानले विक्रीमा राखेको सामान क्रेताले आफूलाई आवश्यक गुणस्तर हेरेर, मोलमोलाइ गरेर, ठिक लागेमा सिधा किसानबाटै खरीद गर्न सकिन्छ । 

यो एपमार्फत किन्ने र बेच्नेहरू नै एक आपसमा सिधै सम्पर्क गरेर कारोबार गर्ने भएकोले, गुणस्तर र मूल्य आफैले तय गरेर पूर्ण भरोसाका साथ लेनदेन गर्न सक्नेछन् । अरू कसैलाई बिचमा कमिसन पनि दिन नपर्ने भएकोले यो एपको भरपुर प्रयोग गरेर फाइदा लिन सकिने वातावरण बनेको छ ।

यस एपमा भएको सामानहरू फिल्टर गरेर हेर्न मिल्ने, विक्री भएको सामान हटाउन मिल्ने, विक्रेताको प्रोफाइल बनाउन मिल्ने, कृषि सम्बन्धी समाचार पढ्न, भिडियोहरू हेर्न, एफ यमहरू सुन्न र सामाजिक सञ्जालमा पनि शेयर गर्न सकिने जस्ता फिचरहरू राखिएका छन् । 

यो एप एन्ड्रोइड र आईओएस दुवै प्लेटफर्ममा उपलब्ध भएकोले निःशुल्क डाउनलोड गरी चलाउन सकिने जानकारी दिइएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्