चैत २२, काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र लैनचौर, काठमाडौं स्थित होटेल एम्बासडरबीच सिटिजन्स बैंकका कार्डबाहकहरूलाई विशेष छूट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
सो सम्झौता पश्चात सिटिजन्स बैंकका कार्डबाहकहरुले होटेल एम्बासडरको सेवा सुविधामा विशेष छूट पाउनेछन् । हालसम्म सिटिजन्स बैंकको कार्ड नभएका ग्राहकहरुलाई पनि तत्कालै नयाँ कार्ड उपलब्ध गराउन सिटिजन्स बैंकले इन्स्ट्यान्ट कार्डको व्यवस्था पनि गरेको छ ।
सिटिजन्स बैंकले देशैभरी फैलिएका १६७ ओटा शाखा, ११३ ओटा एटिएम र १०७ ओटा शाखा रहित बैंकिङ ईकाईहरुबाट करीब साढे नौ लाख ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।