ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

उद्योग वाणिज्य महासंघ र डेभलपमेण्ट बैंकर्स एशोसिएसनबीच कर्जा प्रवाहसम्बन्धी समझदारी

२०७७ चैत, २२  
बजार
Image Not Found
author avatar अभियान संवाददाता

चैत २२, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ र डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालबीच लघु, घरेलु, साना तथा मझौला उद्यमहरू (एसएमईजहरू) को वित्तीय कर्जा लगायतको सेवा प्रवाहमा सहजीकरण गर्ने उद्देश्यले एक समझदारीपत्रमा हस्ताक्षर भएको छ । 

महासंघका अध्यक्ष शेखर गोल्छा, वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल र उपाध्यक्ष अन्जन श्रेष्ठ, एशोसिएसनका प्रथम उपाध्यक्ष प्रध्युम्मन पोखरेलको समुपस्थितिमा भएको समझदारीपत्रमा महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठ र डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालका अध्यक्ष गोविन्द प्रसाद ढकालले आइतवार एक कार्यक्रमबीच काठमाडौंमा हस्ताक्षर गरेका हुन् ।

सम्झौतापत्रमा व्यावसायीलाई कर्जा शिक्षा, बचत र लगानीका फाइदा, कर्जा प्रक्रिया, कर तथा बजार व्यवस्थापनसम्बन्धी जानकारी दिन कार्यक्रम सञ्चालन गर्ने, उत्पादनमूलक व्यवसाय र रोजगारी सिर्जना गर्ने व्यवसाय प्रवद्र्धनका लागि सहयोग पुग्ने किसिमका कार्यक्रम सञ्चालन गर्ने, उपयुक्त वित्तीय सेवाको छनौट र प्रयोग गर्न सक्ने क्षमता विकास गराउने लगायत उल्लेख छ ।

जोखिमका लागि तयारी वा योजना बनाउन सक्ने ज्ञान र सीप प्रदान गर्ने, कृषि कर्जा, महिला उद्यमी कर्जा, लघु, घरेलु, साना तथा मझौला उद्योगलाई प्रवाह गरिने कर्जालाई प्राथमिकतामा राखी प्रविधिमैत्री बनाउने र त्यसका लागि उचित तालिमको व्यवस्था मिलाउने लगायतका विषयबस्तुमा सम्झौता भएको महासंघले जानकारी दिएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्