ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

नेपालको अनुहार

२०७७ चैत, २३  
१० वर्ष अघि
NA

नपुगेर के भो गरिब बस्ने गाउँमा नुनचामल
धनी बस्ने सहरमा सुनचाँदी छँदै छ फालाफाल ।
आफ्नो सरकार बनाउन दलहरूबीच हात हालाहाल छ
कामै नगरी भत्ता पाउने सभासद्चाहिँ मालामाल छ । ।
बैंकमा तरलता छैन चिन्ता किन ?
होटलहरूमा ‘तरल’ बालछ्याल छ ।
बैंकर्स जति पैसाको खोजीमा
नोटजति नेताको गोजीमा ।
सबैको आआफ्नै छ उत्पादनको अर्थ
ठेकेदारी र सिन्डिकेटको दादागिरी त्यसमै पर्छ ।
व्यवसायी ‘प्रमाणपत्र उत्पादन’ बढाउँ भन्छ
कर धेरै उठे सरकार त्यसमै मख्ख पर्छ ।
शिक्षण संस्था विदेशका लागि कामदार उत्पादन गर्छन् ।
पियन अस्पताल चलाउँछन्, गफाडीहरू हाँक्छन् अर्थतन्त्र
फटाहाहरू पदक पड्काउँछन्, कम्युनिष्टको ठेकेदारी लोकतन्त्र ।
उद्योग व्यापार नचले नि ‘फुल हाउस’ चल्छन् चेम्बर
व्यापारी, प्रहरी वा नेता नै छन् नेटवर्क मार्केटिङका मेम्बर ।
निर्यातबाट आउने पैसा सबै तेल किन्नमै जान्छ
पानी बेच्ने सपनामै नेपाली खुब रमाउँछ ।

(तीतोमीठोबाट)
अंक  ४०, २०६७, जेठ २४–३०

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्