काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले कोभिड–१९ का कारण समस्यामा परेका विभिन्न मुलुकका करीब १ लाख ७० हजार नेपालीलाई राहत प्रदान गरेको छ । कोभिड–१९ महामारीपछि संघको पहलमा भएका उद्धार तथा राहत विवरण सार्वजनिक गर्दै ५० देशका ३०० भनदा बढी शहरमा रहेका नेपालीलाई राहत वितरण गरिएको बताइएको छ । रासस