ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

कञ्चनपुरमा व्यावसायिक ड्रागन फ्रुट खेती

२०७७ चैत, २३  
सुदूरपश्चिम प्रदेश
NA

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–९ मटैनामा २ करोड रुपैयाँ लगानीमा व्यावसायिक ड्रागन फ्रुट खेती गरिएको छ । पूर्व वन अधिकृत रमेशबहादुर चन्द र सञ्चार उद्यमी ज्ञानेन्द्र महताको संयुक्त साझेदारीमा ‘वेष्टर्न मल्टी एग्रिकल्चर एण्ड रिसर्च सेन्टर प्रालि’ दर्ता गरी व्यावसायिक रूपमा ड्रागन फ्रुट खेती गरिएको हो ।

‘प्रतिबिघा वार्षिक ३५ हजार तिर्ने सम्झौता गरी १० वर्षका लागि जग्गा भाडामा लिएर ड्रागन फ्रुट खेती गरेका छौं,’ सञ्चार उद्यमी महताले भने, ‘विदेशबाट ड्रागन फ्रुटको बीउ ल्याएर खेती गरेका हौं ।’ उनका अनुसार ६ बिघा जग्गामा ३० हजार बिरुवा रोपिएका छन् । ड्रागन फ्रुटका बिरुवा एक पोलमा चारओटाका दरले रोपिएको छ ।

बन्दाबन्दीका बेला केही गर्नुपर्छ भन्ने सोचले ड्रागन फ्रुट खेतीमा संलग्न भएको महताले बताए ।

ड्रागन फ्रुट खेती गरिएको फार्ममा चार जनाले प्रत्यक्ष रूपमा रोजगारी पाएका छन् । महताका अनुसार फल लाग्दासम्म ५० जनालाई र फल बजारमा बेच्न तयार भएपछि ३०० जनालाई रोजगारी दिने योजना छ ।

ड्रागन फ्रुट खेतीका लागि शेयर सदस्यबाट ५० लाख रुपैयाँ र बाँकी रकम बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिई लगानी गरिएको छ । ‘शुरुआतमा धेरै लगानी लागे पनि त्यसको प्रतिफल पाइन्छ,’ प्रालिका अध्यक्ष पूर्व वनअधिकृत चन्दले भने, ‘लगानी गरिएको रकम ड्रागन फ्रुट खेतीबाट दुई वर्षभित्रै उठाउने लक्ष्य लिएका छौं ।’ रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्