काठमाडौं (अस) । बेभरेज ब्रान्ड कोकाकोलाले ‘घरमा स्पेसल खानाको सानो ट्रिट’ ट्यागलाइनका साथ उपभोक्ता लक्षित प्रवद्र्धन योजना सार्वजनिक गरेको छ ।
उपभोक्तालाई घरमा खानाको क्षण अविस्मरणीय बनाउन कोकाकोलाले २.२५ लिटर प्याक साइजको कोकाकोला, स्प्राइट र फ्यान्टा खरिदमा २५० मिलिलिटर प्याक निःशुल्क उपलब्ध गराउनेछ ।
उपभोक्तासँग बलियो सम्बन्ध बनाउन विभिन्न समयमा बजारमा विविध योजना ल्याउँदै आएको कोकाकोलाले जनाएको छ ।