काठमाडौं (अस) । प्रभु क्यापिटलले काठमाडौंको राजधानी कलेजमा एमबीएमा अध्ययनरत विद्यार्थीका लागि शेयर बजारसम्बन्धी एक दिने प्राविधिक विश्लेषण वर्कसप तथा तालिम कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा कलेजका एमबीएमा अध्ययनरत करिब ३० जना विद्यार्थीको सहभागिता थियो । संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत शेयर सचेतना अभिवृद्धिका लागि प्रभु क्यापिटलले विभिन्न संस्थासँगको सहकार्यमा शेयर बजारसम्बन्धी तालिम सञ्चालन गर्दै आएको छ । तालिम कार्यक्रमको सञ्चालन प्रभु क्यापिटलका रिसर्च हेड अविरल नेपालले गरेका थिए ।
त्यसैगरी चैत २१ मा इटहरी जेसिजको आयोजना तथा प्रभु क्यापिटलको सह–आयोजनामा इटहरीमा एक दिने शेयर बजारसम्बन्धी आधारभूत तालिम सम्पन्न भएको छ ।
इटहरीस्थित दुर्गा पार्टी प्यालेसमा सञ्चालित तालिम कार्यक्रममा १५० भन्दा बढीको सहभागिता थियो ।