ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

सिटिजन लाइफको दाबी भुक्तानी हस्तान्तरण

२०७७ चैत, २३  
बजार
Image Not Found

काठमाडौं (अस) । सिटिजन लाइफ इन्स्योरेन्सको क्षेत्रीय कार्यालय बुटवल शाखाले घातक रोगको दाबी भुक्तानी रकम ३० लाख रुपैयाँ प्रदान गरेको छ । कम्पनीले तिलोत्तमा नगरपालिका–९ को मंगलापुरमा उक्त रकम बराबरको चेक बीमितलाई हस्तान्तरण गरेको हो । तिलोत्तमा नगरपालिका–९ का ४१ वर्षीय रामचन्द्र कँडेलले २०७६ साउनमा सिटिजन लाइफको बुटवल शाखाबाट ३० लाखको वार्षिक अग्रिम भुक्तानी बीमा गराएका थिए ।

एक किस्ता बीमा शुल्क २ लाख ४६ हजार रुपैयाँ बुझाएका कँडेल फर्निचर उद्योगमा काम गर्दागर्दै मुटुमा समस्या देखिएपछि उपचारका लागि काठमाडौंको गंगालालमा आएका थिए ।

उनको उपचारकै क्रममा ३० लाख बिमांक रकम प्रदान गरिएको कम्पनीको क्षेत्रीय शाखा प्रबन्धक दुर्गाराज ढकालले बताए । कम्पनीले हाल २० वटा घातक रोगका लागि बिलबिनै ५० लाखसम्मको उपचार खर्च दिने योजना सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्