ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

धरान उपमहानगरको सब्जीमण्डीका पसलमा एनआईसी एशिया बैंकको क्यूआर कोड सुविधा

२०७७ चैत, २३  
शेयर / बैङ्किङ गतिविधि
Image Not Found

काठमाडौं (अस) । एनआईसी एशिया बैंकले धरान उप–महानगरपालिकाको भानुचोकमा अवस्थित सब्जीमण्डीमा सञ्चालनमा रहेका १०० भन्दा बढी तरकारी, फलफूल, कपडा पसलमा क्यूआर कोड वितरण गरेको छ ।

उक्त क्यूआर कोड राष्ट्र बैंकको प्रदेश १ का निर्देशक सत्येन्द्र तिमिल्सिना, धरान उपमहानगर प्रमुख तिलक राई, धरान संयुक्त बजार एकता संघ अध्यक्ष रामकुमार दास र र बैंकका प्रदेश १ र २ का डेपुटी प्रोभिन्सियल पर्फमेन्स एसोरेन्स इकोसिस्टम प्रकाशचन्द्र अधिकारी संयुक्त रूपमा वितरण गरे ।

बैंकको मोबाइल बैंकिङ, फोन–पे प्रणालीमा आबद्ध अन्य बैंक तथा वित्तीय संस्था र भुक्तानी सेवाप्रदायकका ग्राहकले मोबाइल बैंकिङ एप÷वालेटमार्फत बैंकले उपलब्ध गराएको क्यूआर कोडमा स्क्यान गरी बिक्रेतालाई रकम भुक्तानी गर्न सक्नेछन् ।

बैंकले निकट भविष्यमा सो क्षेत्रका याताबयात, खाद्य स्टोरलगायत अन्य व्यावसायिक क्षेत्रलाई समेत क्यूआर कोड भुक्तानी प्रणालीमा समावेश गर्ने योजना रहेको बताएको छ । बैंकले ४१ हजारभन्दा बढी क्यूआर मर्चेन्ट खडा गरी डिजिटल भुक्तानी सेवा प्रदान गर्दै आएको जनाएको छ ।

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्