ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

रंगशालाको ८५ प्रतिशत काम सकियो

२०७७ चैत, २३  
प्रदेश ०१
NA

भोजपुर । प्रदेश नं १ सरकारको प्राथमिकतामा रहेको भोजपुर रंगशाला निर्माणको काम ८५ प्रतिशत सम्पन्न भएको छ । सदरमुकाम नजिकै रहेको कोदारमा शहरी विकास तथा भवन निर्माण कार्यालय धनकुटाको १४ करोड पाँच लाख लागतमा गत मङ्सिरदेखि रंगशालाको निर्माण शुरू गरिएको हो ।

आगामी २०८० सालसम्म निर्माण अवधि भए पनि सरकारले समयमा बजेट दिएमा सम्झौताअघि नै काम सम्पन्न गर्ने निर्माण कम्पनी रायामाझी, मार्सेली जेभीले जिकिर गरेको छ । कम्पनीका प्रमुख श्याम श्रेष्ठले भने, ‘हालसम्म रंगशालाको ८५ प्रतिशत काम सम्पन्न भएको छ, सरकारले समयमा बजेट पठाउन सक्यो भने चालू आर्थिक वर्षमा निर्माण पूरा गर्छौं ।’ रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्