ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

आईएमई जनरल इन्स्योरेन्स कम्पनी : कम्पनी विश्लेषण (सोमवार, २३ चैत २०७७)

२०७७ चैत, २३  
लगानी कम्पनी विश्लेषण
Image Not Found

आइतबार कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा ९ दशमलव ९७ प्रतिशतले वृद्धि भएको छ । शेयर मूल्य प्रतिकित्ता रु. १ हजार ३१३ पुगेको हो । यस दिन कम्पनीको शेयर २७ हजार ९२२ कित्ता शेयर खरिद बिक्री भएको छ ।

७ प्रतिशत बोनस शेयर वितरणपछि ४० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव गरेर साधारणसभामा प्रस्ताव लगेसँगै कम्पनीको शेयर मूल्य बढेको हो । हाल कम्पनीको चुक्ता पुँजी रु. १ अर्ब ८ करोड १८ लाख रहेको छ । ७ प्रतिशत बोनस शेयर वितरणपछि पुँजी रु. १ अर्ब १५ करोड ७५ लाख ६४ हजार पुग्नेछ ।  कम्पनीले सोही पुँजीको ४० प्रतिशत हकप्रद शेयर निष्कासन गर्नेछ ।

निष्कर्ष
कम्पनीको ६१ दिनको कारोबार अवधिको अन्तिम दिनमा सेतो मारुबोजू बनेको छ । यस्तो आकृतिले बजारमा कम्पनीको शेयर मूल्य बढ्दो प्रवृत्तिमा रहेको संकेत गर्छ ।

आरएसआई ओभरबौज्ट जोन ७६ दशमलव ९० बिन्दुमा छ । यसले शेयर खरिद चाप उच्च रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएसन ७६ दशमलव ४६ बिन्दुमा छ । उतारचढाव सामान्य रहेको देखाउँछ । यस्तो अवस्थामा जोखिम मध्यम हुन्छ भने प्रतिफल पनि मध्यम हुने गर्दछ ।

त्यस्तै, कम्पनीको मुभिङ एभरेज २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कामा टाढिएका छन् । हालको मूल्यरेखा यी दुवै मूल्यरेखाभन्दा माथि छ ।

आइतबारको शेयर मूल्य रु. १ हजार ३१३ देखि बजारको अवस्था परिवर्तन भई मूल्य सस्तिए रु. १ हजार १९४ मा टेवा पाउने देखिन्छ । कम्पनीको यस दिनको शेयर मूल्य ६१ दिनयताकै उच्च कायम भएको हो ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्