ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

विजय लघुवित्त र पोखरा फाइनान्सको बोनस शेयर शेयरधनीहरुको डिम्याट खातामा 

२०७७ चैत, २३  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

चैत २३, काठमाडौं । विजय लघुवित्त वित्तीय संस्था लिमिटेड र पोखरा फाइनान्स लिमिटेडले बोनस शेयर शेयरधनीहरुको डिम्याट खातामा पठाएको छ । विजय लघुवित्तले १९ प्रतिशत र पोखरा फाइनान्सले ५ प्रतिशत बोनस शेयर शेयरधनीहरुको डिम्याट खातामा पठाएको हो ।

विजय लघुवित्तको गत पुस २९ गते सम्पन्न आठौँ वार्षिक साधारण सभाले १९ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । त्यस्तै, पोखरा फाइनान्सको गत पुस २९ गते सम्पन्न २४ औँ वार्षिक साधारण सभाले ५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।

दुवै कम्पनीहरुले पुस १६ गतेसम्म शेयर अभौतिकीकरण गराएका शेयरधनीहरुको डिम्याट खातामा उक्त बोनस शेयर जम्मा गरेको हो । सो मिति पश्चात अभौतिकीकरण गराएका शेयरधनीको हकमा पनि डिम्याट खातामा नै शेयर जम्मा हुने भएकाले हालसम्म पनि शेयर अभौतिकीकरण नगराएका शेयरधनीहरुलाई कम्पनीले यथाशिघ्र शेयर अभौतिकीकरण गराइ खाताको विवरण बुझाउन अनुरोध गरेको छ ।

दुवै कम्पनीहरुको शेयर रजिष्ट्रार एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्