चैत २३, काठमाडौं । ग्लोबल आइएमई बैंकले आफ्नो स्वामित्वमा रहेको फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको संस्थापक शेयर आज (सोमवार) देखि लिलामीमा विक्री खुला गरेको छ ।
कम्पनीले फर्स्ट माइक्रोफाइनान्सको ८१ हजार ५०० कित्ता संस्थापक शेयर लिलामीमा विक्री खुला गरेको हो ।
उक्त शेयर खरीद गर्न योग्य इच्छुक विद्यमान संस्थापक वा व्यक्ति, कम्पनी तथा संस्थाले कम्पनीले वैशाख २६ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् ।
उक्त शेयरको न्यूनतम मूल्य रू. ३०० तोकिएको छ । आवेदकले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नु पर्ने हुन्छ ।
यो शेयर खरीदका लागि बोलकबोल गर्दा न्यूनतम १ हजार कित्ता वा सो भन्दा माथिका लागि १०ले भाग जाने गरी अधिकतममा सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।
कम्पनीको शेयर विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।