ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

कृषि विकास बैंकको सञ्चालकमा दीर्घराज मैनाली नियुक्त

२०७७ चैत, २३  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

चैत २३, काठमाडौं । कृषि विकास बैंकको सञ्चालकमा दीर्घराज मैनाली नियुक्त भएका छन् । मैनाली नेपाल सरकार अर्थमन्त्रालय, वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाको प्रतिनिधिको रुपमा बैंकको सञ्चालकमा नियुक्त भएका हुन् । 

मैनालीलाई बैंकको चैत २२ गतेको सञ्चालक समितिको बैठकले पद तथा गोपनियताको शपथ ग्रहण गराएको छ । मैनाली अर्थमन्त्रालय अन्तर्गतको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाको प्रमुख रहेका छन् । 

चैत १६ गतेको नेपाल सरकार मन्त्रीस्तरिय बैठकले मैनालीलाई बैंकको सञ्चालकका लागि मनोनय गरेको बैंकले नेप्सेमा जारी गरेको सूचनामा उल्लेख छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्