ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

सोमवार राधी विद्युत् र साञ्जेन विद्युतको शेयरमूल्य ९ % भन्दा बढीले वृद्धि 

२०७७ चैत, २३  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

चैत २३, काठमाडौं । सोमवार बजार खुलेको १० मिनेटमै राधी विद्युत् कम्पनी र साञ्जेन जलविद्युत् कम्पनीको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले वृृद्धि भएको छ । 

राधी विद्युत् कम्पनीको सर्वाधिक ९ दशमलव ९८ प्रतिशतले र साञ्जेन जलविद्युतको ९ दशमलव ६९ प्रतिशतले शेयरमूल्य बढेको हो । यस अवधिसम्म राधी विद्युत् कम्पनीको प्रतिकित्ता रू. ४४ ले बढेर अन्तिम मूल्य रू. ४८५ र साञ्जेन जलविद्युत् कम्पनीको प्रतिकित्ता रू. ४१ ले बढेर अन्तिम मूल्य रू. ४६४ पुगेको हो ।

सोमवार पनि शेयर बजार दोहोरो अंकले बढीरहेको छ । यस अवधिसम्म नेप्से परिसूचक २० दशमलव ४८ अंक बढेर २ हजार ६७८ दशमलव शून्य ८ विन्दुमा पुगेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्