चैत २३, काठमाडौं । नेपाली बजारमा सोमवार सुन तथा चाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । स्थानिय बजारमा अघिल्लो कारोबार दिन अर्थात् आइतवार स्थिर रहेको सुनको भाउ सोमवार रू. २०० ले ओरालो लागेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमवार छापावाला सुन प्रतितोला रू. ८७ हजार २०० मा कारोबार भएको छ । आइतवार छापावाला सुनको मूल्य प्रतितोला रू. ८७ हजार ४०० मा कारोबार भएको थियो । आइतवारको तुलनामा सोमवार छापावाला सुन प्रतितोला रू. २०० ले घटेको हो ।
त्यसैगरी, तेजाबी सुन प्रतितोला रू. ८६ हजार ७५० मा कारोबार भएको छ । आइतवार तेजाबी सुन प्रतितोला रू. ८६ हजार ९५० मा कारोबार भएको थियो ।
यस्तै, सोमवार चाँदीको मूल्यमा पनि गिरावट आएको छ । आइतवार प्रतितोला रू. एक हजार २४० मा कारोबार भएको चाँदी सोमवार रू. १ हजार २३५ मा खरीदविक्री भइरहेको छ । आइतवारको तुलनामा सोमवार चाँदी रू. ५ ले घटेको हो ।