ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

ग्लोबल आइएमईको ऋणपत्रमा मागभन्दा बढी आवेदन

२०७७ चैत, २३  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

चैत २३, काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले जारी गरेको ऋणपत्रमा मागभन्दा बढी आवेदन परेको छ ।

 कम्पनीले गत चैत्र १ गते ग्लोबल आइएमई बैंक डिबेन्चर २०८६/ ८७ निष्काशन गरी विक्री खुला गरेको थियो ।कम्पनीले ३ अर्ब रुपैयाँ बराबरको १ हजार प्रतिऋणपत्र अंकित मूल्यका ३० लाख कित्ता ऋणपत्र निष्काशन गरेको थियो । ऋणपत्र निष्काशन तथा विक्री गत चैत १६ गतेसम्मका लागि तोकिएको थियो । 

उक्त ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम १० लाख कित्तासम्म आवेदन दिन सकिने व्यवस्था रहेको थियो । १० वर्ष अवधिको उक्त ऋणपत्रमा वार्षिक ८ दशमलव ५ प्रतिशत ब्याज दर रहेको छ भने अर्धवार्षिकरुपमा ब्याज भुक्तानी हुने कम्पनीद्वारा जारी गरिएको प्रेसनोटमा उल्लेख छ । 

कम्पनीले ऋणपत्रको निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा सेञ्चुरी क्यापिटल मार्केट्स लिमिटेडलाई तोकेको  थियो । यसका साथै लगानीकर्ताले मेरो शेयरमार्फत अनलाइन र नेपाल धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त सि- आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरू एवम् तिनका तोकिएका शाखा कार्यालयहरूबाट आवेदन दिन पाउने व्यवस्था रहेको थियो । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्