ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

०.२२% घटेर २६५१.७९ विन्दुमा नेप्से परिसूचक (१२ बजेको अपडेट)

२०७७ चैत, २३  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

चैत २३, काठमाडौं । सोमवार कारोबारको पहिलो घण्टामा नेप्से परिसूचक ५ दशमलव ८१ अंकले घटेर २ हजार ६५१ दशमलव ७९ विन्दुमा पुगेको छ ।   
।    
२ हजार ६७९ दशमलव ३९ विन्दुबाट शुरु भएको बजार कारोबारको पहिलो घण्टामा शून्य दशमलव २२ प्रतिशतले घटेको हो ।  

पहिलो घण्टाको अवधिमा १९९ ओटा कम्पनीको १८ हजार ४६५ पटकको कारोबारमा ५५ लाख ६५ हजार २६१ कित्ता शेयरको रू. १ अर्ब ७२ करोड ९ लाख ३३ हजार बराबरको खरीदविक्री भएको छ ।

कारोबारको पहिलो घण्टामा एनआईसी एशिया लघुवित्त, राधी विद्युत कम्पनी र वोमी लघुवित्तको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।  

पहिलो घण्टामा कारोबारमा आएका १३ ओटा समूहको परिसूचकमध्ये बैंकिङ, व्यापार, विकास बैंक, वित्त, निर्जीवन बीमा, जीवन बीमा, म्युचुअल फण्ड र लगानी समूहको परिसूचक घटेको छ भने बाँकी होटल्स तथा पर्यटन, जलविद्युत्, उत्पादन तथा प्रशोधन, अन्य र लघुवित्त समूहको परिसूचक बढेको छ । 

यस अवधिसम्म आइएमई जनरल इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. १५ करोड ८२ लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू. १ हजार ३१५ मा कारोबार भइरहेको छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्