ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

भारतमा कारखाना गतिविधि पुन : सुस्त गतिमा

२०७७ चैत, २३  
अन्तरराष्ट्रिय
Image Not Found

चैत २३, नयाँदिल्ली । भारतमा कोरोना भाइरसको दोस्रो लहर शुरु भएपछि  देशका विभिन्न भागमा लकडाउन लगाइएपछि त्यसको असर कारखाना क्षेत्रमा पुन : पर्न थालेको छ ।

गत मार्चमा पीएमआई ( परचेज म्यानेजर इन्डेक्स)  घटेर ५५ दशमलव ४ मा पुगेको छ जवकि फेब्रुअरीमा यो इन्डेक्स ५७ दशमलव ६ रहेको थियो । बजार विश्लेषकका अनुसार  मार्च महीनामा कारखाना गतिविधि अर्थात् उत्पादन विगत ७ महीनाको तुलनामा सवैभन्दा तल झरेको छ ।

कोरोनाको दोस्रो लहर शुरु भएपछि केन्द्र सरकार तथा राज्य सरकारले नियन्त्रणका लागि कडा उपायहरु अवलम्वन गर्न गरेका छन् । जसको कारण अप्रिल महीनामा कारखाना गतिविधि अझ सुस्त हुने अनुमान गर्न  थालिएको छ ।

पीएमआईलाई आधार मान्ने हो भने इन्डेक्स ५० भन्दा माथिलाई अर्थतन्त्र सवल भएको मानिन्छ भने इन्डेक्स ५० भन्दा मुनिलाई अर्थतन्त्र मुस्किल अवस्थामा रहेको मानिन्छ । कोरोना महामारी, लागत मूल्य लगायतका कारणले गर्दा गत महीना भारतमा कारखाना गतिविधि सुस्त रहेको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

भारतमा हालसम्म कोरोना महामारीका कारण १ करोड २५ लाख ८९ हजार ६७ जना संक्रमित भएका छन् भने १ लाख ६५ हजार १०१ जनाको मृत्यु भइसकेको छ ।एजेन्सी

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्