ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

दोस्रो घण्टामा ०.१४% ले घट्यो नेप्से, आइएमई जनरलको सर्वाधिक कारोबार (१ बजेको अपडेट)

२०७७ चैत, २३  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

चैत २३, काठमाडौं । सोमवार कारोबारको दोस्रो घण्टामा नेप्से परिसूचक ३ दशमलव ६२ अंकले घटेर २ हजार ६५३ दशमलव ९९ विन्दुमा पुगेको छ । यस अवधिमा परिसूचक शून्य दशमलव १४ प्रतिशतले घटेको हो ।  

दोस्रो घण्टाको अवधिमा २०५ ओटा कम्पनीको रू. ३ अर्ब ६२ करोड ६ लाख ६ हजार बराबरको शेयर खरीदविक्री भएको छ ।

कारोबारको दोस्रो घण्टामा एनआईसी एशिया लघुवित्त, राधी विद्युत कम्पनी र वोमी लघुवित्तको शेयरमूल्य क्रमश : ९ दशमलव ९९, ९ दशमलव ९८ र ९ दशमलव ९९ प्रतिशतले वृद्धि भएको छ ।  

यस अवधिसम्म आइएमई जनरल इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. २३ करोड ५७ लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू. १ हजार ३१७ मा कारोबार भइरहेको छ । 

दोस्रो घण्टामा कारोबारमा आएका १३ ओटा समूहको परिसूचकमध्ये बैंकिङ, विकास बैंक, वित्त, निर्जीवन बीमा, जीवन बीमा, म्युचुअल फण्ड र लगानी समूहको परिसूचक घटेको छ भने बाँकी व्यापार, होटल्स तथा पर्यटन, जलविद्युत्, उत्पादन तथा प्रशोधन, अन्य र लघुवित्त समूहको परिसूचक बढेको छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्