ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

जलविद्युत् कम्पनीमा आकर्षण, एक वर्षमा अपर तामाकोशीको शेयर मूल्य ६७९ रुपैयाँ वृद्धि

२०७७ चैत, २३  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

चैत २३, काठमाडौं ।  पछिल्लो समय जलविद्युत् कम्पनीको शेयरमा लगानीकर्ताको आकर्षण बढ्दो अवस्थामा रहेको छ । 

सोही कारण अधिकांश जलविद्युत् कम्पनीहरुको शेयर मूल्यमा वृद्धि भएको छ । अपर तामाकोशी हाइड्रोपावर कम्पनीको शेयर करीब एक वर्षमा ६७९ रुपैयाँले वृद्धि भएको छ । यो  समाचार तयार पार्दाको समय १: ११ बजेसम्ममा पहिलो पटक हालसम्मकै बढेर कम्पनीको प्रतिकित्ता शेयर मूल्य ९०० पुगेको छ ।

कम्पनीको शेयर मूल्य सन् २०२० मार्च १२ मा प्रतिकित्ता रू. २२१ रहेकोमा सन् २०२१ मार्च ५ अर्थात् चैत २३ गते सोमवार प्रतिकित्ता रू. ९०० पुगेको हो ।   

उक्त अवधिसम्ममा कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा ४ दशमलव ४१ प्रतिशतले वृद्धि भएर प्रतिक्रित्ता रू. ९०० पुगेको हो ।

उक्त अवधिसम्म कम्पनीको शेयर कारोबार सर्वाधिक दोस्रोमा रू. १९ करोड ३० लाख बरावरको शेयर खरीदविक्री भएको छ । विगत तीन महीनादेखि जलविद्युत् कम्पनीहरुको शेयर मूल्यमा वृद्धि हुँदै आएको छ ।

विद्युत् विक्री उत्पादन शुरु गर्न लागेको खवरहरु सार्वजनिक भएसँगै उक्त कम्पनीको शेयरमा लगानीकर्ताको आकर्षण बढेको देखिन्छ  । कम्पनीले विद्युत् उत्पादन गरेपछि लाभांश वितरण गर्न सक्ने भन्दै लगानीकर्ताले लगानी बढाएकाले शेयर मूल्य बढेको हो ।   
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्