चैत २३, काठमाडौं । सोमवार कारोबारको तेस्रो घण्टामा नेप्से परिसूचक २ दशमलव ३६ अंकले बढेर २ हजार ६५९ दशमलव ९७ विन्दुमा पुगेको छ ।
शून्य दशमलव शून्य ९ प्रतिशतले बढेको बजारमा २०७ ओटा कम्पनीको रू. ४ अर्ब ९५ करोड ५२ लाख ६७ हजार बराबरको शेयर खरीदविक्री भएको छ ।
तेस्रो घण्टामा कारोबारमा आएका १३ ओटा समूहको परिसूचकमध्ये बैंकिङ, विकास बैंक, वित्त, निर्जीवन बीमा, जीवन बीमा र लगानी समूहको परिसूचक घटेको छ भने बाँकी व्यापार, होटल्स तथा पर्यटन, जलविद्युत्, उत्पादन तथा प्रशोधन, अन्य, लघुवित्त र म्युचुअल फण्ड समूहको परिसूचक बढेको छ ।
यस अवधिसम्म आइएमई जनरल इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. २५ करोड ३५ लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू. १ हजार ३१७ मा कारोबार भइरहेको छ ।
कारोबार रकमकै आधारमा सर्वाधिक कारोबार हुने दोस्रो कम्पनीमा अपर तामाकोशी हाइड्रोपावर रहेको छ । उक्त कम्पनीको प्रतिकित्ता रू. ८९८ मा रू. २२ करोड ६५ लाख बराबरको शेयर खरीदविक्री भएको छ ।