ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

तीन ओटा कम्पनीको बोनस शेयर सूचीकृत

२०७७ चैत, २३  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

चैत २३, काठमाडौं ।  तीन ओटा अलग - अलग कम्पनीको बोनस शेयर सोमवार नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा सूचीकृत भएको छ ।

बरुण हाइड्रोपावरको १ लाख २७ हजार ५७५ कित्ता बोनस शेयर, श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्स कम्पनीको ६ लाख १० हजार ९९८ कित्ता र ङादी ग्रुप पावरको ५ लाख ३५ हजार ५५४ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।

ती तीन ओटै कम्पनीको बोनस शेयर हितग्राही खातामा आएपछि शेयरधनीले खरीदविक्री गर्न सक्नेछन् ।  ङादी ग्रुप पावर कम्पनीले गत पुस २९ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १० प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।

त्यसैगरी, बरुण हाइड्रोपावरले गत पुस २६ गतेको साधारण सभाबाट पारित ५ प्रतिशत बोनस शेयर र श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्सले गत पुस २९ गते समपन्न वार्षिक साधारण सभाबाट पारित ७ दशमलव ३७ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्