ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

उपत्यका प्रवेश गर्न अब एन्टीजेन परीक्षण अनिवार्य

२०७७ चैत, २३  
समाचार
Image Not Found

चैत २३, काठमाडौं । काठमाडौं उपत्यका प्रवेश गर्न अब अनिवार्य रुपमा एन्टीजेन परीक्षण गर्नुपर्ने भएको छ ।

जिल्ला कोभिड-१९ संकट व्यवस्थापन समितिको आइतवार बसेको बैठकले काठमाडौं प्रवेश गर्ने नाकामा एन्टीजेन परीक्षण गर्ने निर्णय भएको जानकारी दिइएको छ । 

उपत्यका प्रवेश गर्ने नाकाहरुमा सम्बन्धित नगरपालिकाले स्वास्थ्य जाँच र एन्टीजेन परीक्षण गर्न हेल्थ डेस्कको व्यवस्थापन मिलाउने र सम्पर्क व्यक्ति तोक्नु पर्ने निर्णय भएको हो ।

यसका साथै उक्त एन्टीजेन किट स्वास्थ्य कार्यालयलाई उपलब्ध गराउन र यदि एन्टीजेन परीक्षणबाट नेगेटिभ देखिएको तर व्यक्तिमा लक्षण देखिइ शंकास्पद लागेमा पीसीआर टेस्टको स्वाब संकलन गरी पठाउन समेत समितिले निर्देशन दिएको छ ।

यस्तै समितिले सबै नगरपालिकाहरुमा सञ्चालित आइशोलेशन केन्द्र र क्वारेन्टाइन सेन्टरहरुलाई अध्यावधिक गर्न र नगरपालिकाहरुलाई आ आफ्नो नगरपालिका भित्र एक एक ओटा आइशोलेसन र क्वारेन्टाइनको व्यवस्थापन गर्न अनुरोध गरेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्