ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

साल्ट ट्रेडिङ कर्पोरेशनले प्रस्ताव गर्‍यो २५ % लाभांश 

२०७७ चैत, २३  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

चैत २३, काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले सोमवार २५ प्रतिशत लाभांश प्रस्ताव सार्वजनिक गरेको छ । कम्पनीको चैत २३ गते अपरान्ह ४ बजे बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष ०७६/७७ को सञ्चित मुनाफाबाट २० प्रतिशत बोनस शेयर र कर समेत ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । 

प्रस्तावित लाभांश कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ । यस कम्पनीले विगत तीन आर्थिक वर्ष लगातार एउटै अनुपातमा लाभांश वितरण गरेको थियो । 

आर्थिक वर्ष ०७३/७४ सालदेखि ०७५/७६ सम्म कम्पनीले २५ प्रतिशत बोनस शेयर र करसमेत १० प्रतिशत गरी कुल ३५ प्रतिशत लाभांश वितरण गरेको थियो । यस वर्ष भने कम्पनीले १० प्रतिशत कम लाभांश प्रस्ताव गरेको हो ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्