ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

मुक्तिनाथ विकास बैंकले ऋणपत्र निष्कासनका लागि नियुक्त गर्‍यो विक्री प्रबन्धक 

२०७७ चैत, २३  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

चैत २३, काठमाडौं । मुक्तिनाथ विकास बैंकले ऋणपत्र निष्कासनका लागि विक्री प्रबन्धक नियुक्त गरेको छ । कम्पनीले १२ लाख ५० हजार कित्ता ऋणपत्र निष्कासनका लागि सानिमा क्यापिटललाई विक्री प्रबन्धकमा नियुक्त गरेको हो । 

सोमवार ऋणपत्र निष्कासन सम्बन्धि सम्झौता पत्रमा दुवै कम्पनीको तर्फबाट हस्ताक्षर भएको हो । बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पद्युमन पोखरेल र क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत भिष्मराज चालिसेले हस्ताक्षर गरेका हुन् ।

कम्पनीले कुल रू. १ अर्ब २५ करोड बराबरको १२ लाख ५० हजार कित्ता हकप्रद विक्री गर्ने जानकारी दिएको छ । कुल कित्तामध्ये रू. ७५ करोड बराबरको ७ लाख ५० हजार कित्ता व्यक्तिगत तवरबाट विभिन्न संघ संस्थाहरुलाई विक्री गर्ने र रू. ५० करोड बराबरको ५ लाख कित्तामध्ये २५ हजार कित्ता सामूहिक लगानी कोषको लागि सुरक्षित गरी बाँकी ४ लाख ७५ हजार कित्ता सार्वजनिक निष्कासनमा ल्याउने जानकारी कम्पनीले गराएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्