ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

सामसङको त्रैमासिक मुनाफा ४५ % ले बढ्ने अनुमान 

२०७७ चैत, २३  
अन्तरराष्ट्रिय
Image Not Found

चैत २३, सोल (दक्षिण कोरिया) । दक्षिण कोरियाली स्मार्टफोन निर्माता कम्पनी सामसङको मुनाफा बढ्ने देखिएको छ । 

यस वर्षको पहिलो त्रैमासमा चिप एकाईको आम्दानी घटेको भएपनि स्मार्टफोन, टिभी र होम एप्लायन्सेजको उच्च विक्रीका कारण कम्पनीको मुनाफा ४५ प्रतिशतले बढ्ने अनुमान गरिएको हो ।

जनवरी–मार्च त्रैमासमा कम्पनीको सञ्चालन मुनाफा ९३ खर्ब जन (८ अर्ब २० करोड डलर) रहने रिफिनिटिभ स्मार्टको अनुमानले देखाएको हो । यो एक वर्ष अघिको सोही अवधिको तुलनामा ४५ प्रतिशत धेरै हुनेछ । यो सन् २०१८ को पहिलो त्रैमासयताकै उच्च सञ्चालन मुनाफा हुनेछ । 

सो अवधिमा कम्पनीको आम्दानी पनि १२ प्रतिशतले बढ्ने अनुमान गरिएको छ । कम्पनीले पहिलो त्रैमासको प्रारम्भिक तथ्यांक बुधवार सार्वजनिक गर्दैछ । एजेन्सी

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्