ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

कर व्यवस्थापन सहजीकरणका लागि समिति गठन

२०७७ चैत, २४  
गण्डकी प्रदेश
Image Not Found

दमौली । तनहुँको व्यास नगरपालिकाले व्यवसायको कर व्यवस्थापनका लागि समिति गठन गरेको छ । आइतबार नगरप्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा बसेको कार्यपालिका बैठकले नगर क्षेत्रभित्र व्यवसायको कर व्यवस्थापन सहजीकरणका लागि व्यास–२ का वडाध्यक्ष काशीराम श्रेष्ठको संयोजकत्वमा समिति गठन गरेको हो ।    
 
नगरपालिकाको गत चैत ३० गते आयोजना गर्न लागिएको स्थापना दिवसको सन्दर्भमा आमन्त्रण, प्रकाशनको र व्यवस्थापन तयारीमा भएको प्रगतिबारे समीक्षा गरिएको नगरपालिकाका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए । बैठकले भूमिहीन दलित, भूमिहीन सुकुमबासी, अव्यवस्थित बसोबासीको संकलित तथ्यांक फारम नगरपालिकामा जम्मा गरी आयोगमा प्रविष्ट गराउने निर्णय गरेको छ । यसैगरी स्थानीय सरकार सञ्चालन ऐनले निर्दिष्ट गरेको अधिकारभित्र रही व्यास नगरपालिकामा सञ्चालित घरेलु इँटा उद्योग सञ्चालन सम्बन्धी कार्यविधि, २०७७ पारित भएको नगरपालिकाले बताएको छ । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्