ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

नर्भिकमा ट्युमर बोर्ड गठन

२०७७ चैत, २४  
बजार
NA

काठमाडौं (अस) । विभिन्न खाले  क्यान्सरको उपचारविधि र पद्धति विकासमा सक्रिय नर्भिक इन्टरनेसनल हस्पिटलमा नेपालकै ठूलो ट्युमर बोर्ड गठन भएको छ ।

क्यान्सरबाट प्रभावित बिरामीको उपचारमा सम्भावित सबै विकल्प खोज्ने तथा विदेशकै स्तरीय उपचार सेवा दिने उद्देश्यले नर्भिकमा विशेषज्ञ चिकित्सकको सहभागितामा ट्युमर बोर्ड गठन भएको हो ।

क्यान्सरका बिरामीलाई सम्भावित उत्तम उपचारविधिमा समावेश गर्ने उद्देश्यले गठित ट्युमर बोर्डमा हाल २३ जना विशेषज्ञ चिकित्सकको सहभागिता छ । बोर्डको आकार बढाउँदै लगिने अस्पतालले जनाएको छ । यस्तो अभ्यास युरोप÷अमेरिकाका स्तरीय अस्पतालमा समेत हुने गरेको नर्भिक प्रशासनले बताएको छ ।

बोर्डमा नर्भिकका अन्कोलोजिस्ट, प्याथोलोजिस्ट, ग्यास्ट्रोलोजिस्ट, गाइनेकोलोजिस्ट, जनरल तथा जीआई सर्जन, पेड्राटिसियन, न्युरोलोजिस्टलगायत विशेषज्ञ चिकिसत्कको सहभागिता छ । नर्भिक अस्पतालका वरिष्ठ न्युरो सर्जन डा. राजीव झाका अनुसार बोर्डमा सहभागी विशेषज्ञहरूले कुनै बिरामीको सही उपचार योजनाको विषयमा साप्ताहिक रूपमा छलफल गर्ने चलन छ  । बोर्डमा कुनै बिरामी, उसको समस्या, भइरहेको उपचारविधि, विभिन्न मेडिकल रिपोर्टका विषयमा समेत छलफल हुने डा. झा बताउँछन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्