ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

भैरहवाको सेज ढिलो

२०७७ चैत, २४  
१० वर्ष अघि
NA

भैरहवामा निर्माण हुँदै गरेको विशेष आर्थिक क्षेत्र (सेज) को निर्माण कार्य यो वर्ष पनि पूरा नहुने भएको छ । विशेष आर्थिक क्षेत्र निर्माणको कार्य २०६६ वैशाखदेखि सुरु भएको थियो । सरकारले औद्योगिक पूर्वाधार विकास अन्तर्गत विशेष आर्थिक क्षेत्रका लागि चालू अािर्थक वर्षको बजेटमा ३१ करोड रुपैयाँ छुट्याएको थियो । सो काममा हालसम्म रू. १४ करोड रुपैयाँ खर्च भएको छ ।

विशष आर्थिक क्षेत्रको प्रशासनिक भवन र सेवा  भवन निर्माण कार्यको ३५ प्रतिशत मात्र काम पूरा भएको उद्योग मन्त्रालयका उपसचिव नेत्रप्रसाद भट्टराईले जानकारी दिए । बिजुली लाइन र टेलिफोन तार विस्तार गर्ने काम ९० प्रतिशत सकिएको छ । सडक निर्माणको काम भने सकिइसकेको उपसचिव भट्टराईले बताए । यो आर्थिक क्षेत्रको अनुमानित लागत रू. ५० करोड रहेको छ । समयमै बजेट निकासा भएको भए पनि ठेकेदारले समयका काम नगरकाले समयमै काम पूरा नसककेको भट्टराईले बताए । भैरहवा विशेष आर्थिक विकास क्षेत्रमा ६० वटा जति उद्योग खोल्न सकिन्छ । ‘यो आर्थिक क्षेत्रलाई पाइलट प्रोजेक्टका रूपमा लिएका छौं र यसको अनुभवका अधारमा अरू प्रस्तावित सेजको विकास गरिनेछ’ उनले भने । यो वर्ष वीरगन्जमा समेत गरी दुईटा सेजका लागि पूर्वाधार निर्माण गर्ने सरकारी लक्ष्य थियो ।  वीरगन्जको विशेष आर्थिक क्षेत्र निर्माणका लागि  वीरगन्ज चिनी कारखानाको ८ सय ३३ बिघा जग्गा छनोट गरिसकिएको छ ।

अंक ४१, २०६७, जेठ ३१–असार ६

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्