ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

ग्लोबल आइएमईको डिबेन्चर ओभर सस्क्राइब

२०७७ चैत, २४  
शेयर / बैङ्किङ गतिविधि
NA

काठमाडौं (अस) । ग्लोबल आइएमई बैंकले जारी गरेको डिबेन्चर ओभर सस्क्राइब भएको छ । बैंकले गत चैत १ गते ग्लोबल आइएमई बैंक डिबेन्चर २०८६/८७ निष्कासन गरी बिक्री खुला गरेको थियो ।

बैंकले ३ अर्ब रुपैयाँ बराबरको १,००० प्रतिऋणपत्र अंकित मूल्यका ३० लाख कित्ता ऋणपत्र निष्कासन गरेको थियो । ऋणपत्र निष्कासन तथा बिक्री चैत १६ गतेसम्मका लागि तोकिएको थियो ।

बैंकद्वारा जारी गरिएको ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम १० लाख कित्तासम्म आवेदन दिन सकिने व्यवस्था थियो । १० वर्ष अवधिको उक्त ऋणपत्रमा वार्षिक ८.५ प्रतिशत ब्याजदर रहेको छ भने अर्धवार्षिक रूपमा ब्याज भुक्तानी हुनेछ ।

बैंकले ऋणपत्रको निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा सेञ्चुरी क्यापिटल मार्केट्स लिमिटेडलाई तोकेको  थियो । साथै, लगानीकर्ताले मेरो सेयरमार्फत अनलाइन र नेपाल धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त सीआस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था एवं तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन पाउने व्यवस्था थियो ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्