ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

सानिमा क्यापिटलबाट मुक्तिनाथ विकास बैंकको डिबेन्चर बिक्री

२०७७ चैत, २४  
शेयर / बैङ्किङ गतिविधि
Image Not Found

काठमाडौं (अस) । मुक्तिनाथ विकास बैंकले रु. हजार अंकित दरका १२ लाख ५० हजार कित्ता बराबरको ‘मुक्तिनाथ डिबेन्चर ऋणपत्र २०८४/८५’ निष्कासनका लागि सानिमा क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

डिबेन्चर बिक्री प्रबन्धक सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल र सानिमा क्यापिटलका प्रमुख कार्यकारी अधिकृत भीष्मराज चालिसेले हस्ताक्षर गरे । ऋणपत्रको कुल १ अर्ब २५ करोड रुपैयाँमध्ये ६० प्रतिशत (अर्थात् रु. ७५ करोड) व्यक्तिगत तवरमार्फत निष्कासन गरिनेछ । बाँँकी रहेको ४० प्रतिशत (रु. ५० करोड) सर्वसाधारण लगानीकर्ताका  लागि सार्वजनिक निष्कासनमार्फत जारी हुनेछ ।

अर्धवार्षिक रूपमा ब्याज प्रदान गरिने यस ऋणपत्रको अवधि ७ वर्षको हुनेछ । ऋणपत्र नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकरण गरिनेछ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्