ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

सनराइज बैंकको निःशुुल्क आँखा शिविर

२०७७ चैत, २४  
शेयर / बैङ्किङ गतिविधि
Image Not Found

काठमाडौं (अस) । सनराइज बैंकको वीरगञ्ज शाखा र लायन्स क्लब वीरगञ्जद्वारा आएम केडिया आई अस्पतालको सहयोगमा वीरगञ्ज– ३१ पर्सौनीमा चैत २१ गते निःशुल्क आँखा शिविर आयोजना गरिएको छ ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सर्वसाधारणलाई सहज स्वास्थ्य सुविधा दिने उद्देश्यले कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रम सञ्चालनका लागि लायन्स क्लब वीरगञ्जलाई १ लाख ८० हजार रुपैयाँको आर्थिक सहयोग गरिएको बैंकले जनाएको छ ।

शिविरमा दुई सय ५० जनाको आँखा परीक्षण गरिएकामा एक सय जनाको आँखामा समस्या देखिएको थियो । उक्त शिविरमा अस्पतालका डाक्टरसहितको ७ जनाको टोलीले सेवा प्रदान गरेको थियो । चेकजाँचका क्रममा आँखामा समस्या देखिएका एक सय जनाको निःशुल्क उपचार हुने बैंकले बताएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्