ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

फोटनको गाडी उत्पादन संख्या एक करोड पुग्यो

२०७७ चैत, २४  
बजार
Image Not Found

काठमाडौं (अस) । चीनको कमर्सियल भेहिकल ब्रान्ड फोटन मोटरले एक करोड गाडी उत्पादन गरेको छ । फोटन मोटरले स्थापना भएको २५ वर्षमै एक करोड गाडी उत्पादन गर्न सफल भएको हो ।

कम्पनीको एक करोडौं सवारीका रूपमा फोटन डेमलर अटोमोटिभले चीनमा नयाँ अमान ग्यालेक्सी ट्रक सार्वजनिक गरेको छ । यसलाई कम्पनीले ‘प्रविधिक सुन्दरता र गतिशीलताको समीश्रण’ का रूपमा व्याख्या गरेको छ ।

फोटनले गत मार्च महिनामा मात्रै एक लाख एक हजार एक सय ६६ वटा गाडी बिक्री गरेको थियो, जुन अघिल्लो वर्षको तुलनामा ५९ प्रतिशत बढी हो ।

नयाँ आविष्कार र उत्कृष्टताका लागि फोटनले चीन, जर्मनी र जापानमा रिसर्च एन्ड डेभलपमेन्ट सेन्टर स्थापना गरेको छ  । यी केन्द्रमा ४० भन्दा बढी मुलुकका ६ हजार पाँच सय इन्जिनियरले पाँच हजारभन्दा बढी प्याटेन्ड निर्माण गरिसकेका छन् ।
 
फोटनका उत्पादन विश्वका २७ वटा एसेम्बली प्लान्टमा उत्पादन भई एक सय १० देशमा बिक्री भइरहेका छन् । नेपालमा भने एमएडब्लु वृद्धि कमर्सियल भेहिकल प्रालिले फोटनका पिकअप, भ्यान र एम्बुलेन्स बिक्री गर्दै आएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्