ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

ग्लोबल आइएमई बैंकको ऋणपत्र बाँडफाँट

२०७७ चैत, २४  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

चैत २४, काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको ऋणपत्र चैत २३ गते बाँडफाँट भएको छ । कम्पनीले १० वर्ष अवधिको ‘८ दशमलव ५० प्रतिशत ग्लोबल आइएमई बैंक डिबेन्चर २०८६/८७’ निष्कासन गरेको हो । 

कम्पनीले प्रतिऋणपत्र एक हजार अंकित मूल्यका रू. ३ अर्ब बराबरको ३० लाख कित्ता ऋणपत्र चैत १ गतेदेखि १६ गतेसम्म निष्कासन गरेको थियो । 

कुल ऋणपत्रमध्ये १८ लाख कित्ता कम्पनीले परिपत्र विधिबाट विभिन्न संघ संस्थाहरुलाई व्यक्तिगत तवरले विक्री गरेको छ भने १२ लाख कित्ता ऋणपत्र भने आम सर्वसाधारणका लागि विक्री गरेको हो । 

कम्पनीले सर्वसाधारणमध्ये बाट पनि ६० हजार कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरी ११ लाख ४० हजार कित्ता सार्वजनिक निष्कासन गरेको हो । 

उक्त ऋणपत्र विक्री प्रबन्धकमा सेञ्चुरी क्यापिटल मार्केट्स लिमिटेड रहेको छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्