ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

रिलायन्स फाइनान्सद्वारा शेयरधनीलाई पुरानो लाभांश लिन अनुरोध

२०७७ चैत, २४  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

चैत २४, काठमाडौं । रिलायन्स फाइनान्स लिमिटेडले शेयरधनीलाई पुरानो लाभांश लिन अनुरोध गरेको छ । कम्पनीले आर्थिक वर्ष २०६९/७० सम्मको बुझि नलिएको नगद लाभांश लिन शेयरधनीलाई अनुरोध गरेको हो । 

कम्पनीले उक्त लाभांश लिन हालसम्म पनि नआएका शेयरधनीलाई सूचना प्रकाशित गरेको १ महीनाभित्र कम्पनीको केन्द्रिय कार्यालय वि.जे भवन प्रदर्शनी मार्ग, काठमाडौंमा आवश्यक कागजात सहित सम्पर्क राख्न भनेको छ । 

साथै, उक्त अवधिमा लाभांश लिन नगएमा सो लाभांश कम्पनी संरक्षण कोषमा जम्मा हुने समेत कम्पनीले जानकारी गराएको छ । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्