ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

अवैधरुपमा नदीजन्य पदार्थ उत्खनन गर्ने १३ ओटा सवारी नियन्त्रणमा

२०७७ चैत, २४  
गण्डकी प्रदेश
Image Not Found

चैत २४, दमौली । अवैधरूपमा नदीजन्य पदार्थ उत्खनन गरेको अवस्थामा प्रहरीले १३ ओटा सवारी साधनलाई नियन्त्रणमा लिएको छ । तनहुँका विभिन्न स्थानीय तहमा अवैधरूपमा उत्खनन गर्दै गरेको अवस्थामा प्रहरीले चार ओटा एक्साभेटर, दुई ओटा जेसिभी, चार ओटा ट्र्याक्टर र तीन ओटा टिपरलाई नियन्त्रणमा लिएको हो । 

म्याग्दे गाउँपालिका–५ छाङ्पाटनमा नदी बगरबाट अवैधरूपमा गिट्टी, बालुवा उत्खनन गर्दै गरेको अवस्थामा ग१क २८७९ को जेसिभीलाई नियन्त्रणमा लिइएको छ । उक्त सवारीलाई कारवाहीका लागि पठाइएकोमा म्याग्दे गाउँपालिकाले रू. २० हजार जरिवाना गरेको छ । 

व्यास नगरपालिका–७ गलमखोलास्थित सामुदायिक वनको निषेधित क्षेत्रमा अवैधरूपमा ढुंगा उत्खनन गर्दै गरेको अवस्थामा ना१क ६२५२ नम्बरको एक्साभेटरसहित ग१त ६०९८ नम्बरको ट्र्याक्टरलाई नियन्त्रणमा लिइएको छ । उक्त सवारीलाई पनि व्यास नगरपालिकाले रू. २० हजार जरिवाना गरेको छ । 

भीमाद नगरपालिका–५ एक्ले भन्ने ठाउँमा बिनाइजाजत गिट्टी, बालुवा उत्खनन गर्दै गरेको अवस्थामा एक्साभेटरसहित बालुवा लोड गरेको ग१त ४०६१ नम्बरको टिपरलाई नियन्त्रणमा लिइएको छ । शुक्लागण्डकी नगरपालिका–८ मा रहेको जमिनबाट बिनाइजाजत ढुंगा, माटो उत्खनन गरिरहेको अवस्थामा ग१क ३४३५ नम्बरको एक्साभेटरसहित लोड गरिरहेका ग१त ३१९०, ग१त ३४२१ र ग१त ३०७० नम्बरको ट्र्याक्टरलाई नियन्त्रणमा लिइएको छ । ती सवारीलाई कारवाहीका लागि शुक्लागण्डकी पठाइएकोमा रू. ५६ हजार जरिवाना भएको छ । 

त्यस्तै शुक्लागण्डकी नगरपालिका–९ छहरा स्थितमा रहेको जमिनबाट बिनाइजाजत अवैधरूपमा नदीजन्य पदार्थ उत्खनन गरिरहेको अवस्थामा ग१क ३७८८ नम्बरको एक्साभेटर र ग१क ३१७५ नम्बरको जेसिभीसहित ग१क ३२५२, ग१क ३२५१ नम्बरको टिपरलाई नियन्त्रणमा लिई कारवाहीका लागि नगरपालिका बुझाइएको छ । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्