चैत २४, काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले निष्कासन गरेको आईपीआको शुक्रवार बाँडफाँट गर्ने तयारी गरेको छ । केहि प्राविधिक समस्या नआएमा बुधवार प्रि अलोटमेण्ट गरी शुक्रवार बाँडफाँट गर्ने तयारी गरेको विक्री प्रवन्धक मेगा क्यापिटलले बताएको छ ।
कम्पनीले चैत ६ गतेदेखि १० गतेसम्म २९ लाख कित्ता आइपीओ निष्कासन गरेको थियो । जसमध्ये ५८ हजार कित्ता कर्मचारीको लागि र १ लाख ४५ हजार कित्ता शेयर सामुहिक लगानी कोषको लागि बाँडफाँट गरी बाँकी रहेको २६ लाख ९७ हजार कित्ता आईपीओ सर्वसाधारणको लागि निष्कासन गरेको थियो ।
कम्पनीले निष्कासन गरेको आईपीओमा १६ लाख २४ हजार ४८३ जना आवदेकबाट २ करोड ४५ लाख१६ हजार ६०० कित्ताको लागि आवेदन परेको छ । यो आवेदन मागभन्दा ९ दशमलव शून्य ९ गुणा बढी हो ।
कम्पनीले गत फागुन १७ गते आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दका लागि निष्कासन गरेको १४ लाख ५० हजार कित्ता साधारण शेयरको बाँडफाँट गरिसकेको छ । सर्वसाधारणलाई आईपीओ निष्कासन गरेपछि कम्पनीको पूँजी रू. १ अर्ब ४५ करोड पुग्नेछ ।