चैत २४, काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनीले २७ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । सभा चैत २३ गते कम्पनीको केन्द्रीय कार्यालयमा सम्पन्न भएको हो ।
सभाले ११ दशमलव शून्य ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । साथै सभाले आव २०७६/०७७ को वितरण गरेको बोनस शेयरमा लाग्ने कर बापतको रकम पनि सोही लाभांशबाट कटाउने निर्णय गरेको छ ।
कम्पनीले आव २०७४/ ७५ मा भने चुक्तापूँजीको ८४ प्रतिशत बोनस शेयर वितरण गरेको थियो । सभा भर्चुअल माध्यमबाट समपन्न भएको हो । कम्पनीले चालू आवको दोस्रो त्रैमासमा रू. १८ करोड ६९ लाख नाफा कमाएको छ ।
चुक्तापूँजी रू. १ अर्ब ७ करोड ४५ लाख रहेको उक्त कम्पनीले जगेडा कोषमा रू. २८ करोड ७७ लाख सञ्चित गरेको छ ।