ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

मंगलवार घटेको बजारमा दुई ओटा लघुवित्तको शेयरमूल्यमा उच्च वृद्धि 

२०७७ चैत, २४  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

चैत २३, काठमाडौं । मंगलवार शेयर बजार दोहोरो अंकले घटिरहेको छ । कारोबारको आधा धण्टाको अवधिसम्म नेप्से परिसूचक १० दशमलव ५७ अंकले घटेको हो । 

घटेको बजारमा दुई ओटा लघुवित्त कम्पनीको शेयरमूल्य भने उच्च दरमा बढेको छ । वोमी लघुवित्त र एनआईसी एशिया लघुवित्तको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको हो । 

यस अवधिसम्म वोमी लघुवित्तको शेयरमूल्य ९ दशमलव ९५ प्रतिशत अर्थात् प्रतिकित्ता रू. १६५ ले बढेर अन्तिम मूल्य रू. १ हजार ८२३ र एनआईसी एशिया लघुवित्तको ९ दशमलव ९३ प्रतिशत अर्थात् प्रतिकित्ता रू. १०५ ले बढेर अन्तिम मूल्य रू. १ हजार १६२ कायम भएको हो । 

यी दुई कम्पनीको शेयर खरीद चाप उच्च हुँदा मूल्यमा उच्च वृद्धि देखिएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्