चैत २४, काठमाडौं । नेपाली बजारमा मंगलवार सुनको मूल्य बढेको छ । स्थानिय बजारमा मंगलवार पहेंलो धातु सुनको भाउ रू. ३०० ले उकालो लागेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलवार छापावाला सुन प्रतितोला रू. ८७ हजार ५०० मा कारोबार भएको छ । सोमवार छापावाला सुनको मूल्य प्रतितोला रू. ८७ हजार २०० मा कारोबार भएको थियो । सोमवारको तुलनामा मंगलवार छापावाला सुन प्रतितोला रू. ३०० ले बढेको हो ।
त्यसैगरी, तेजाबी सुन प्रतितोला रू. ८७ हजार ०५० मा कारोबार भएको छ । सोमवार तेजाबी सुन प्रतितोला रू. ८६ हजार ७५० मा कारोबार भएको थियो ।
यस्तै, मंगलवार चाँदीको मूल्य भने स्थिर रहेको छ । सोमवार प्रतितोला रू. एक हजार २३५ मा कारोबार भएको चाँदी मंगलवार पनि सोही मूल्यमा खरीदविक्री भइरहेको छ ।