ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

चन्द्रागिरी हिल्सको शेयर मूल्य १० % वृद्धि, प्रतिकित्ता रू.२३४४ पुग्यो

२०७७ चैत, २४  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

चैत २४, काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलवार चन्दागिरी हिल्स लिमिटेडको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशतले वृद्धि भएको छ । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. २ हजार ३४४ पुगेको हो । 

कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयर मूल्य बढेको हो । यो समाचार तयार पार्दाको अवधि १२ : ५५ बजेसम्ममा मार्केट डेप्थमा हेर्दा कम्पनीको शेयर खरीद माग १३ हजार २३५ छ भने विक्रेता शून्य रहेको छ । कम्पनीको शेयर मूल्य कारोबारमा आएको एक महीनासम्म सर्किट लेबलमा वृद्धि हुँदै आएको थियो । 

कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. २ हजार ७९ पुगेर रू. १ हजार ९३० सम्म झरेको थियो  । त्यसपछि कम्पनीको शेयर मूल्य पुन :  बढ्न थालेको हो । कम्पनीको शेयर मूल्य  पहिलो कारोबार दिन प्रतिकित्ता रू. १६१मा खुला भएको भएको थियो ।  

नेपाल स्टक एक्सचेञ्ज(नेप्से) बाट कम्पनीको पहिलो कारोबारको लागि रू. ९६ दशमलव ६९ देखि २९० दशमलव शून्य ७ ओपन रेञ्ज पाएको थियो ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्