ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

०.०९% ले घटेको बजारमा चिलिमे हाइड्रोपावरको सर्वाधिक कारोबार (१ बजेको अपडेट)

२०७७ चैत, २४  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

चैत २४, काठमाडौं । मंगलवार कारोबारको दोस्रो घण्टामा नेप्से परिसूचक २ दशमलव २७ अंकले घटेर २ हजार ६५६ दशमलव ४७ विन्दुमा पुगेको छ । यस अवधिमा परिसूचक शून्य दशमलव शून्य ९ प्रतिशतले घटेको हो ।

दोस्रो घण्टाको अवधिमा २०३ ओटा कम्पनीकोे रू. ३ अर्ब ५ करोड १८ लाख ४० हजार बराबरको शेयर खरीदविक्री भएको छ ।

कारोबारको दोस्रो घण्टामा चन्द्रागिरी हिल्सको शेयरमूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै, वोमी लघुवित्त, एनआईसी एशिया लघुवित्त र छ्याङ्दी हाइड्रोपावरको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।  

यस अवधिसम्म चिलिमे हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. १७ करोड ५७ लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू. ६७३ मा कारोबार भइरहेको छ । 

दोस्रो घण्टामा कारोबारमा आएका १३ ओटा समूहको परिसूचकमध्ये बैंकिङ, व्यापार, वित्त, निर्जीवन बीमा, अन्य र जीवन बीमा समूहको परिसूचक घटेको छ भने बाँकी  होटल्स तथा पर्यटन, विकास बैंक, जलविद्युत्, उत्पादन तथा प्रशोधन, लघुवित्त, म्युचुअल फण्ड र लगानी समूहको परिसूचक बढेको छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्