ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

एनआइबिएल सहभागिता फण्डले ल्यायो लाभांश पुन : लगानी गर्न पाउने योजना 

२०७७ चैत, २४  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

चैत २४, काठमाडौं । एनआइबिएल एस क्यापिटल  अन्तर्गत सञ्चालित एनआइबिएल सहभागिता फण्डले इकाईधनीहरुलाई वितरण गर्ने लाभांशमा थप इकाई खरीद गर्न पाउने योजना ल्याएको छ । 

नेपालको पहिलो खुलामुखी म्युअलफण्ड एनआई बिएल एस सहभागिता फण्डले इच्छुक इकाईधनीहरुलाई चालू आव वा आगामी आवको लाभांश पुन : लगानी गर्न पाउने योजना ल्याएको हो । 

इकाईधनीहरुले लाभांशलाई पुनः लगानी गर्न चाहेमा एनआइबिएल एस क्यापिटलको वेबसाइटमा गएर अनलाईनबाट आवेदन दिने सक्नेछन् ।  

योजना व्यवस्थापक एनआइबिएल एस क्यापिटलले लाभांशको बुक क्लोज हुने अघिल्लो दिनसम्म पुन : लगानीको योजना अन्तर्गत नाम दर्ता गराउन इकाईधनीहरुलाई भनेकोे छ । 

इकाईधनीहरुले एनआइबिएल एस क्यापिटलका सम्पूर्ण शाखाहरु तथा तोकिएका वितरकहरु मार्फत फारम भरी नाम दर्ता गराउन सक्नेछन् । त्यस्तै योग्य इकाईधनीले अनलाइन मार्फत पनि नाम दर्ता गराउन सक्नेछन् ।

 इकाईधनीले आफ्नो हितग्राही खातामा रहेको ईमेल ठेगाना मार्फत आफ्नो पुरा नाम,हितग्राही नम्बर र सम्पर्क नम्बर उपलब्ध गराएर आवेदन दिन सक्नेछन् ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्