ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

धुम्रबाराही तरकारी तथा फलफूल विक्री केन्द्रमा नबिल बैंकको क्यूआर भुक्तानी सेवा शुरु

२०७७ चैत, २४  
बजार
Image Not Found
author avatar अभियान संवाददाता

चैत २४, काठमाडौं । नबिल बैंकले काठमाडौंस्थित धुम्रबाराही तरकारी तथा फलफूल विक्री केन्द्रमा क्यूआर भुक्तानी सेवाको शुभारम्भ गरेको छ ।

मंगलवार नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक भुवन कँडेलले केही तरकारी खरीद गरी क्यूआर कोडमार्फत भुक्तानी गरी उक्त कम्पनीको क्यूआर भुक्तानी सेवा शुरु गरेका हुन् ।

अब धुम्रबाराही तरकारी तथा फलफूल केन्दमा जाने उपभोक्ताले आफ्नो मोबाइल बैंकिङ एप्लिकेसन वा  मोबाइल वालेटमार्फत सजिलै खरीद गरेको तरकारी वा फलफूलको रकम भुक्तानी गर्न सक्नेछन् । 

क्यूआर कोड भुक्तानी सेवा उद्घाटनमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक, नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत, वरिष्ठ व्यवस्थापन कर्मचारीहरू र धुम्रबाराही तरकारी तथा फलफूल केन्द्रका कार्यकारी सदस्यहरु एवं विक्री केन्द्रका व्यवसायीहरुको उपस्थिति रहेको थियो । 

नगद तथा डेबिट र क्रेडिट कार्डको विकल्पमा क्यूआर कोड भुक्तानी छिटो र झन्झटमुक्त रहेको सो अवसरमा जानकारी दिइएको थियो । छिटो र कारोबारको कुनै शुल्क नलाग्ने भएकाले पछिल्लो पटक उपभोक्ताहरु यो नविन सेवातर्फ आकर्षित भइरहेका छन् ।

डिजिटल कारोबारलाई प्रश्रय दिन र क्यासलेस कारोबारलाई बढावा दिनका लागि सन् २०२० को मार्चदेखि कम्पनीले क्यूआर कोड भुक्तानी सेवा शुरु गरेको थियो । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्