ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

४ अर्ब ७९ करोडको कारोबार भएको बजारमा २ ओटा कम्पनीको शेयरमूल्य १०% ले बढ्यो (२ बजेको अपडेट)

२०७७ चैत, २४  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

चैत २४, काठमाडौं । मंगलवार कारोबारको तेस्रो घण्टामा नेप्से परिसूचक ९ दशमलव ३३ अंकले बढेर २ हजार ६६८ दशमलव शून्य ७ विन्दुमा पुगेको छ । 

शून्य दशमलव ३५ प्रतिशतले बढेको बजारमा २१० ओटा कम्पनीकोे रू. ४ अर्ब ७९ करोड १ लाख ७७ हजार बराबरको शेयर खरीदविक्री भएको छ ।

कारोबारको तेस्रो घण्टामा चन्द्रागिरी हिल्स र यूनिभर्सल पावर कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै, वोमी लघुवित्त, एनआईसी एशिया लघुवित्त, साञ्जेन जलविद्युत्, छ्याङ्दी हाइड्रोपावर, रैराङ हाइड्रोपावर र चिलिमे हाइड्रोपावरको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । 

तेस्रो घण्टामा कारोबारमा आएका १३ ओटा समूहको परिसूचकमध्ये बैंकिङ, व्यापार, वित्त, निर्जीवन बीमा, अन्य र जीवन बीमा समूहको परिसूचक घटेको छ भने बाँकी  होटल्स तथा पर्यटन, विकास बैंक, जलविद्युत्, उत्पादन तथा प्रशोधन, लघुवित्त, म्युचुअल फण्ड र लगानी समूहको परिसूचक बढेको छ । 

यस अवधिसम्म चिलिमे हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. २३ करोड ७४ लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू. ६७८ मा कारोबार भइरहेको छ । 

कारोबार रकमकै आधारमा सर्वाधिक कारोबार हुने दोस्रो कम्पनीमा अपर तामाकोशी हाइड्रोपावर रहेको छ । उक्त कम्पनीको प्रतिकित्ता रू. ९२१ मा रू. २० करोड ८५ लाख बराबरको शेयर खरीदविक्री भएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्