ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

सोमवारदेखि होटल, रेष्टुरेन्ट, पब र बारहरु खोल्ने तयारीमा बेलायत       

२०७७ चैत, २४  
अन्तरराष्ट्रिय
Image Not Found

चैत २४, लन्डन  । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले आगामी अप्रिल १२ सोमवारदेखि बेलायतमा लाग्दै आएको लकडाउनमा केही सहज बनाइने बताएका छन् ।     
उनले भनेका छन् आगामी सोमवारदेखि अहिलेको लकडाउनको अवस्थामा परिवर्तन गरेर केही सहज बनाइने छ ।     
     
उनका अनुसार लन्डनमा आगामी सोमवाररदेखि होटल, रेष्टुरेन्ट, पब र बारहरु खुल्ने भएका छन् । त्यसैगरी जिमखाना, पार्कहरु, चिडियाखाना, पुस्तकालयहरु र सामुदायिक केन्द्रहरु पनि खुला गरिने भएको छ ।

आवश्यकताका अरु कार्यालयहरु र सेवा क्षेत्र पनि खुला रहने बताइएको छ । प्रधानमन्त्री जोन्सनले सोमवारबाट बेलायत सरकारले दुई किसिमको रोडम्याप बनाएर अघि बढ्ने भएको जानकारी दिएका हुन्।     
     
बेलायतमा कोरोना महामारीको दोस्रो वेभका साथ साथै पछिल्लो समयमा यो महामारीको नयाँ प्रजातिको संक्रमण पनि फैलिएकोले महीना दिनभन्दा लामो समयदेखि यहाँको सरकारले लकडाउन नै गरेको छ । रासस/ सिन्ह्वा
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्