ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

जलविद्युत् कम्पनीमा लगानीकर्ताको आकर्षण : ५ ओटा जलजलविद्युत् कम्पनीको शेयर मूल्य ९ % भन्दा बढिले वृद्धि

२०७७ चैत, २४  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

चैत २४, काठमाडौं । साताको तेस्रो कारोबार  दिन मंगलवार अधिकांश जलविद्युत् कम्पनीहरुको शेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । 

यो समाचार तयार पार्दाको समय २ : १७ बजेसम्ममा सबैभन्दा बढी युनिभर्सल पावर कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशतले वृद्धि भएको छ । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. १६५ पुगेको छ । 

 त्यसैगरी रैराङ हाइड्रोपावर कम्पनीको शेयर मूल्य ९ दशमलव ९० प्रतिशत,साञ्जेन जलविद्युत् कम्पनीको ९ दशमलव ६६ प्रतिशत,छ्याङदी हाइड्रोपावरको ९ शदमलव ५७ प्रतिशत र चिलीमे हाइड्रोपावरको ९ दशमलव १९ प्रतिशतका दरले वृद्धि भएको हो । 

जलविद्युत् कम्पनीहरुको शेयर मूल्यमा वृद्धि भएसँगै परिसूचक पनि ४ दशमलव ४१ प्रतिशतले वृद्धि भएको छ । पछिल्लो समय जलविद्युत् कम्पनीहरुमा लगानीकर्ताको आकर्षण बढेको देखिन्छ । बजार घटेपनि उक्त समूहका कम्पनीहरुको शेयर मूल्य बढेको देखिएको छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्