ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

हालसम्मकै उच्च २६७४.४६ विन्दुमा नेप्से, ७ अर्ब ४७ करोड बराबरको शेयर खरीदविक्री

२०७७ चैत, २४  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

चैत २४, काठमाडौं । साताको तेस्रो कारोबार दिन नेप्से परिसूचक हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।

नेप्से परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा १५.७२ अंक अर्थात् शून्य दशमलव ५९ प्रतिशतले वृद्धि भएर हालसम्मकै उच्च अर्थात् २ हजार ६७४ दशमलव ४६ विन्दुमा पुगेको हो । 

यसदिन कारोबारमा आएका २१३ ओटा कम्पनीको १ करोड ६१ लाख ८ हजार ४९९ कित्ता शेयरको ८१ हजार ७५३ पटकमा रू. ७ अर्ब ४७ करोड ७७ लाख ९५ हजार ७३८ बराबरको शेयर किनबेच भएको छ । 

यसदिन ती कम्पनीमध्ये चार ओटा कम्पनीको शेयर मूल्य १० प्रतिशतका दरले वृद्धि भएको छ  । युनाइटेड इदि मर्दी आरबि हाइड्रोपावर,युनिभर्सल पावर कम्पनी,चिलिमे हाइड्रोपावर कम्पनी र चन्दागिरी हिल्स कम्पनीको शेयर मूल्य १० प्रतिशका दरले वृद्धि भएको हो ।

 त्यसैगरी सबैभन्दा बढी गुमाउनेमा साल्ट ट्रेडिङ कर्पोरेशनका शेयरधनी रहेका छन् । कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशतले घटेको हो । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू.११ हजार ७९२ मा झरेको छ ।

लगानीकर्ताले अपेक्षा गरेअनुरुपको लाभांश नआएपछि सस्तो मूल्यमा बेच्न लागेसँगै शेयर मूल्य घटेको हो । कम्पनीले २० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश गरेर कुल २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । 

त्यसैगरी दोस्रोमा सानिमा जनरल इन्स्योरेन्स कम्पनीको शेयर मूल्य ८ दशमलव ७८ प्रतिशतले घटेको छ । कारोबारमा आएका १३ ओटा समूहमध्ये सबैभन्दा बढी होटल एण्ड टुरिजम समूहको परिसूचक ५ शदमलव ६२ प्रतिशत, जलविद्युत् समूहको परिसूचक ४ दशमलव ४६ प्रतिशत,उत्पादन तथा प्रशोधन समूहको ३ दशमलव ३ प्रतिशतले वृद्धि भएको छ ।

त्यसैगरी विकास बैंक समूहको १ दशमलव १२ प्रतिशत, लघुवित्त समूहको १ दशमलव ३१ प्रतिशत, म्युचुअल फण्डको शून्य दशमलव १३ प्रतिशत र लगानी समूहको परिसूचक २ दशमलव ६८ प्रतिशतले वृद्धि भएको छ भने बाँकी समूहको परिसूचक घटेको छ ।

 यसदिन सर्वाधिक भने कारोबार नेपाल इन्फ्रास्ट्रक्चर बैंकको भएको छ । कम्पनीको रू. ३९ करोड ८० लाख ५७ हजार बराबरको शेयर खरीदविक्री भएको हो । मंगलवार कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ६०५ पुगेको छ ।

दोस्रोमा चिलिमे हाइड्रोपावर कम्पनीको कारोबार भएको छ । बजार बढेसँगै अधिकांश जलविद्युत् कम्पनीको शेयर मूल्य उच्च दरले वृद्धि भएको छ । 

केहि समय अगाडि देखि बढ्न नसकेका हाइड्रोपावर कम्पनी र सस्तो मूल्य भएका कम्पनीहरुको शेयर मूल्य बढेसँगै लगानीकर्ता हाइड्रोपावरतर्फ आकर्षित भएको देखिएको छ ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्